शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लिम्पियाधुरा, लिपुलेक हाम्रो हो, डराउनु पर्दैन : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ जेठ ५ गते २१:३९

काठमाडौँ, ५ जेठ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नयाँ नक्सा स्वीकृत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूमि भएकाले नडराउन र उत्तेजनामा पनि नआउन आग्रह गरेका छन् ।

“ऐतिहासिक तथ्य, प्रमाण, दस्तावेज सबैकुराले यो क्षेत्र नेपालकै हो भन्छ । लिम्पियाधुरा कालीनदीको उद्गम हो भन्नेमा द्विविधा मान्नुपर्दैन । यो हाम्रो पहिलेदेखिकै दाबी हो,” प्रधानमन्त्री ओलीले भने “सन् १८१६ को सुगौली सन्धि र त्यसयताका प्रमाणले पनि त्यही भन्छ ।”

प्रधानमन्त्री ओलीले सबै प्रकारका कूटनीतिक पहल, प्रयत्नबाट कालापानीमा बसेका भारतीय फौज हटाएरै छाड्ने बताएका थिए । नेपाली भूमिमा खनेको बाटो रोक्का गरेरै छाड्ने उनको अठोट थियो ।

“संसद्मा राष्ट्रपतिले नीति तथा कार्यक्रम जारी गर्दा हामीले छुटेका भू–भाग समेटेर नक्सा जारी गर्ने भनेका हौं । त्यही आधारमा नक्सा जारी र्गयौं । सबै प्रकारको कूटनीतिक पहल, प्रयत्न अगाडि बढाउनुपर्छ । डराउनु पर्ने पनि छैन । उत्तेजनामा आउनुपर्ने पनि छैन । सम्पूर्ण पहल हुनेछ,” प्रधानमन्त्रीको भनाइ थियो ।

सोमबार नै बसेको मन्त्रिपरिषदको बैठकले नेपालको नक्सा पारित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित