बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

महालक्ष्मी विकास बैंकद्वारा कर्मचारीको कोरोनाभाइरस बीमा

दैनिक नेपाल २०७७ जेठ ५ गते २०:५३

काठमाडौँ, ५ जेठ । विश्वमाहामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामा पनि ग्राहकवर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि महालक्ष्मी विकास बैंकले आफ्ना शाखाहरु सञ्चालनमा ल्याउदै बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको कोभिड १९ बीमा गरेको छ ।

बैंकले कोभिड – १९ बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउँदै १ वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड १९ बीमा गरेको हो ।

देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा ए.टि.एममार्फत सेवा प्रदान गरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमापालनागर्दै संभवभए सम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनिबचाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित