शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भारतले अतिक्रमण गरेको भूमिसहितको नयाँ नक्सा सरकारद्धारा पारित

दैनिक नेपाल २०७७ जेठ ५ गते १९:५६

काठमाडौँ, ५ जेठ । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले नक्सा पास गरेको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण म्रन्त्री मद्मा अर्यालले नक्सा पेश गरेकी थिइन् ।

नयाँ नक्सा भारते अतिक्रमण गरेको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको छ । जेठ २ मा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रममा सरकारले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित