बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कपिलवस्तु जिल्ला जेठ २० गतेसम्मका लागि सिल

दैनिक नेपाल २०७७ जेठ ५ गते १८:१३

काठमाडौँ, ५ जेठ । कपिलवस्तु जिल्ला जेठ २० गतेसम्मका लागि सिल गरिएको छ । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दो क्रममा रहेपछि पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको हो ।

जिल्ला सुरक्षा समितिको सोमबार दिउँसो बसेको बैठकले सरकारले घोषणा गरेको लकडाउनको समय जेठ २० गते राती १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय गरेको हो ।

यस अवधीमा अति आवश्यकीय सवारी साधनबाहेक सवै सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । अति आवश्यकीय समाग्रीहरु, खाद्यान्न र औषधी खरिदका लागि प्रत्येक सोमबार, बुधबार र शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म समय मिलाइएको प्रजिअ पौडेलले बताए ।

जिल्ला सिल भएको अवस्थालाई उल्लघंन गर्ने उपर स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० क र संक्रामक रोग ऐन २०२० दफा २ ९१० बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय तथा गृह मंत्रालयबाट जारी भएका ईपासहरु पनि यस अवधिसम्मका लागि स्वत निष्क्रिय हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित