३ कार्तिक २०८३, मंगलबार

बाँकेमा थपिएका ४७ जना कोरोना संक्रमित नैरनापुर गाउँका

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । सोमबार बाँकेमा थपिएका ४७ जना कोरोना संक्रमित एक गाउँपालिकाका रहेको बुझिएको छ ।

उनीहरु सबै नरैनापुर गाउँपालिकाका भएको खुलेको हो । आइतबार नरैनापुरकै २५ वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आज भेटिएका सबै संक्रमितहरु नरैनापुरका भएको जानकारी दिएका छन् ।

नरैनापुरमा रहेको १३ वटा क्वारेन्टाइन मध्ये ४ वटा क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।