बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

स्थानीय कालो जातको सुँगुर पाल्दै वडा सदस्य सुरबहादुर

वि. वि. श्रेष्ठ २०७७ जेठ ५ गते १६:२१

वि. वि. श्रेष्ठ

व्यास, ५ जेठ । व्यास नगरपालिका वडा नं ५ निवासी सुरवहादुर थापाले स्थानीय जातको कालो सुँगुर पालेर जीविका पार्जन गर्दे आएका छन् ।

विगत देखि नै स्थानीय सुँगुर पालेको सुरवहादुरले करिव ७ लाख लगानी गरेर व्यवसाय शुरु गरेका हुन् । स्थानिय कालो जातको सुँगुरको छुट्टै महत्व रहेको छ थापाले भने । यसको विक्रीका लागी कुनै समस्या छैन ।

१४ वटा माउ सुँगुर र ७ वटा वच्चा सुगुर पालेको थापाले विहानै देखि नै सुगुरको स्याहार सुसारका लागी खट्ने गरेका छन् । गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीवाट निर्वाचित वनेको सुरवहादुर थापा वडा नं ५ का वडासदस्य समेत हुन् ।

अफिस जाने समयवाहेक अन्य समय सुँगुर व्यवसायमा लागेको थापा यो व्यवसाय वाट राम्रो आम्दानी भएको समेत बताए । विहान र वेलुका व्यवसायमा लागेका थापा अफिस समयमा वडा कार्यलयमा गएर जिम्मेवारी वहन गर्ने गर्दछन् ।

त्यसका वावजुद पनि आर्थिक उपार्जनका लागी व्यवसाय शुरु गरेको थापाले काम गर्न कुनै पनि लाज मान्न नहुने बताए । मानिसको समाजिक जीवन सँग व्यक्तिगत जीवन पनि हुन्छ ।

त्यसैका लागी हामीले कर्म गर्नुपर्दछ । व्यवसाय नै अवको मुख्य आधार भएको हुदाँ कृषि तथा पशुपालनमा आवद्ध भएको हुँ, वडा सदस्य थापाले भने ।

सरकारले पनि कृषि तथा पशुपालनमा नै विशेष जोड दिएको वताउनुभएको थापाले अव युवापुस्ता समग्र रुपमा पशुपालन तथा कृषिमा लाग्नुपर्ने बताए ।

कर्म विना कहि पनि सफल हुन सक्दैन, त्यही कर्म अव स्वदेशमा नै त्यहि पनि कृषि तथा पशुपालनमा गर्दा आर्थिक रुपमा पनि सवल वन्न सकिन्छ, त्यसैका लागी आफुले पनि कालो स्थानिय जातको सुँगुर पालन गरेको उनले बताए । अवका केहि समयपछि थप व्यवसाय विस्तार गर्ने योजना वनाएका थापाले व्यास नगरपालिका वडा नं ५, को अलैचेमा सुगुर पालन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित