शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अछाममा करिब १३ सयको कोरोना परीक्षण

दैनिक नेपाल २०७७ जेठ ५ गते १५:५४

काठमाडौँ, ५ जेठ । अछाममा पीसीआर र आरडीटी गरी १ हजार २ सय ७० जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । २ सय ६९ जनाको पीसीआर र १ हजार एक जनाको आरडीटीमार्फत कोरोना परीक्षण गरिएको हो ।

पीसीआर गरिएकामध्ये २ सय ६३ जनाको रिर्पोट नेगेटिभ आएको र बाँकी ३ जनाको आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आरडीटी गरिएकोमा एक हजारको रिर्पोट नेगेटिभ आएको र एकजनाको पोजिटिभ देखाएपछि पीसीआर गरिएकोमा रिर्पोट नेगेटिभ आएको थियो । त्यहाँ परीक्षण कीटको अभावमा केही दिन परीक्षण रोकिएको थियो ।

चैत १ गतेदेखि यता जिल्लामा ३ हजार ३ सय २१ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएका स्थानीय तहहरुको तथ्यांकले देखाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित