शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

‘सीमामा तारबारको विषय मधेसका जनताको हितविपरित’

दैनिक नेपाल २०७७ जेठ ५ गते १४:०४

काठमाडौं, ५ जेठ । एकीकरणको प्रक्रियामा रहेको जनता समाजवादी पार्टीका एक जना नेता महेन्द्र राय यादवले भारतसँगको सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितविपरित रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले सीमाको समस्या ९८ प्रतिशत मिलिसकेको दाबी गर्दै तारबार लगाउने विषयले मधेसका जनतालाई हित नगर्ने बताएका हुन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेकपा नेता माधवकुमार नेपालले सँधै विवाद गर्नुभन्दा तारबार लगाउनु उपयुक्त हुने सुझाव दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित