बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोरोना भाइरस : पत्रकारको स्वास्थ्य बिमाका लागि अधिकारीले थालेको यो सुखद काम

दैनिक नेपाल २०७७ जेठ ५ गते ११:३२

इटहरी, ५ जेठ । कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला कार्यक्षेत्रमा खटिने क्रियाशील पत्रकार (रिपोर्टर)को स्वास्थ्य बिमाका लागि प्रेस युनियन सुनसरीले गरेको सम्झौता उदाहरणीय बनेको छ ।

प्रेस युनियन सुनसरीका अध्यक्ष तथा पत्रकार पवन अधिकारीको अग्रसरतामा भएको यो सुखद कामले महामारीका बेला कार्यक्षेत्रमा निर्धक्क खटिनका लागि रिपोर्टरलाई आत्मबल बढेको छ ।

आईएमई जेनेर इन्स्युरेन्स लिमिटेड र प्रेस युनियनबीच यो सम्झौता भएको थियो । महामारीको अवधिमा कुनै पनि पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा उपचारका लागि एक लाख सम्मको स्वास्थ्य बिमाको व्यवस्थामा दुवै पक्षबीच हस्ताक्षर भएको छ ।

‘कार्यक्षेत्रमा पत्रकार खट्दा सबैभन्दा जोखिम रहेको र स्वास्थ्य बिमा अनिवार्य रहेका कारण हामीले यो पहल थालेका हौं’, अधिकारी भन्छन्,‘यसले जिल्लाका विविध स्थानमा पुगी सूचना संकलनका साथै प्रशारण, प्रकाशनका निम्ति चुनौति सामना गर्न पत्रकारलाई सहज हुन सक्छ ।’

स्वास्थ्यको सुरक्षा नभएका कारण जोखिम मोलेर सूचना लिने र प्रकाशन गर्नेलगायतका काममा पत्रकार सक्रिय हुने अवस्थाका लागि यो बिमा सम्झौता लाभकारी रहेको विज्ञहरू बताउँछन् । यसको दायरा सुनसरी जिल्लाभरीलाई रहेको छ । कम्तिमा एक सय ५० जना पत्रकारले यसको लाभ उठाउन सक्नेगरी सम्झौता भएको छ ।

‘कार्यक्षेत्रमा खटिने पत्रकारको सक्रियतालाई मध्यनजर गरिएको छ यसमा शुभेच्छा र विचारको विन्दु कतै पनि राखिएको छैन । विशुद्ध पत्रकारका निम्ति गरिएको सम्झौता हो’, अधिकारी भन्छन् ।

अधिकारीले कोभिड १९ को महामारी सुरु भएलगत्तै सुनसरीका विभिन्न ठाउँमा रहेका पत्रकारका लागि सेनिटाइजर र मास्कलगायतका सामग्री पनि हस्तान्तरण गरेका थिए ।

हेर्नुहोस् इन्स्युरेन्स कम्पनी र प्रेस युनियनबीच भएको सम्झौता

प्रतिक्रिया
सम्बन्धित