मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कोरोनाबाट मृत्यु भएकी पहिलाे महिलाका शिशु र पतिसहित सबैको रिपोर्ट नेगेटिभ

दैनिक नेपाल २०७७ जेठ ५ गते १०:१९

बनेपा, ५ जेठ । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक मृत्यु भएकी सिन्धुपाल्चोक जिल्लाकी महिलाको शिशु र पति कोरोना भाइरस मुक्त रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवम् कोरोना रोकथाम कमाण्ड पोस्टका सदस्य सचिव डा.नरेन्द्रकुमार झालाई उदृत गर्दै स्थानीय पत्रकार मोतीराम तिमिल्सिनाले दिएको जानकारी अनुसार ती महिलाका शिशु र पति कोरोना रिपोर्ट नेगेटिभ रहेको छ ।

‘काभ्रेको धुलिखेल अस्पतालमा नेपालमै पहिलोपटक निधन भएकी सिन्धुपाल्चोक निवासी २९ वार्षीया महिलाको शिशु, श्रीमानलगायत परिवारका सबै सदस्यको पीसीर परीक्षणमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ’, पत्रकार तिमिल्सिनाले भनेका छन् ।

उनीहरूलाई क्वारेन्टाइनमा राखिनेछ । त्यसपछि मात्रै उनीहरूलाई घर जान दिइनेछ ।

प्रतिक्रिया
सम्बन्धित