बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

साउदीको जेद्दामा तीन नेपाली श्रमिकको कोरोनाबाट मृत्यु

दैनिक नेपाल २०७७ जेठ ५ गते ९:४१

साउदी, ५ जेठ । साउदीको जेद्दा क्षेत्रमा तीन जना नेपाली श्रमिकको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

त्यस क्षेत्रमा सङ्क्रमितमध्ये ३३ जना निको भएका र तीन जनाको ज्यान गएको साउदीको जेद्दामा रहेको महावाणिज्यदूतावासका कार्यवहाक महावाणिज्यदूत रेवती पौडेलले जानकारी दिए ।

साउदी सरकारले यसअघि दिएको जानकारी अनुसार साउदीको जेद्दा र जजान लगायतका ठाउँमा गरी १ सय ४८ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको छ ।

साउदीको सबै क्षेत्रमा गरी ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य र विदेश मन्त्रालयले जानकारी दिएका पनि दूतावासले जनाएको छ ।

साउदीमा कोरोना सङ्क्रमण तिब्र रुपमा फैलिइरहेको छ । साउदीमा अहिलेसम्म ५२ हजार १६ जनामा सङ्क्रमण देखिएको छ ।

जसमध्ये २३ हजार ६६६ जना निको भएका छन् । २८ हजार ४८ जनाको अस्पतालमा उपचार भइरहको छ । ३ सय २ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित