बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कपिलवस्तुको क्वारेन्टाइनमा रहेका ४५ जना भागे

दैनिक नेपाल २०७७ जेठ ४ गते २०:४५

फाइल तस्वीर

काठमाडौँ, ४ जेठ । कपिलवस्तुमा क्वारेन्टाइनबाट ४५ जना व्यक्ति भागेका छन् ।

यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा रहेका उनीहरु भारत र अन्यत्रबाट आएका सबैलाई नराखेको भन्दै फरार भएका हुन् ।

उनीहरु शुक्रबार र शनिबार राती फरार भएका हुन् ।

शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना भागेका हुन् । शनिबार सोही वडाको राष्ट्रिय निमावि सिंहखोरका थप १५ जना पनि भागेका जनाइएको छ ।

यशोधरा गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं ८ मा मात्रै पाँच जनामा संक्रमण भएको छ । हालसम्म फेला परेका संक्रमित सबै खोरिया गाउँकै हुन् ।

यसरी क्वारेन्टाइनमा रहेका भागेपछि गाउँमा त्रास फैलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित