३ कार्तिक २०८३, मंगलबार

लकडाउन जेठ २० गतेसम्म बढाउने सरकारको निर्णय

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन थप १५ दिन लम्ब्याउने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।

आइतबार नै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्मका लागि लडकाउन बढाउन सिफारिस गरेको थियो ।

लकडाउनकै कारण नेपालमा कोरोना संक्रमणले भयावह स्थिति नलिएको निष्कर्ष निकाल्दै समितिले लकडाउन बढाउनुपर्ने निर्णय गरेको थियो ।