शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नर्ससहित थप ३ जनामा कोरोना संक्रमण, धनकुटा र मोरङमा पहिलोपटक देखियो कोरोना

दैनिक नेपाल २०७७ जेठ ४ गते २०:०६

काठमाडौँ, ४ जेठ । एकजना नर्ससहित आइतबार थप तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनकुटा जिल्ला अस्पतालकी नर्समा पनि संक्रमण देखिएको हो ।

बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन् । उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएको थियो ।

धनकुटा र मोरङका मानिसमा पहिलोपटक कोरोना देखिएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या २ सय ९५ पुगेको छ । जसमा शनिबार र आइतबार गरेर दुई जनाको मृत्यु भएको छ । त्यस्तै, ३६ जना निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित