शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कालीगण्डकीमा एम्बुलेन्स खस्दा चालक बेपत्ता

दैनिक नेपाल २०७७ जेठ ४ गते १७:०४

काठमाडौँ, ४ जेठ । कालीगण्डकी नदीमा एम्बुलेन्स खस्दा चालक बेपत्ता भएका छन् ।

मुस्ताङबाट बेनी आउँदै गरेको एम्बुलेन्स बेनी–जोमसोम सडकको गलेश्वर–वेगखोला खण्डको वैसरी नजिक नदीमा खसेको थियो ।

दुर्घटनामा मुस्ताङको थासाङ गाउँपालिका ४ झुप्राका २१ वर्षीय चालक सुजन विक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

थासाङ गाउँपालिका २ लेतेस्थित स्वास्थ्य चौकीको ध १ झ ३११ नम्बर प्लेटको एम्बुलेन्स बेनी अँस्पतालबाट डिस्चार्ज भएका बिरामी लिन जाने क्रममा रघुगंगा गाउँपालिका २ वैसरी सडकबाट करिब ३० मिटर तल कालीगण्डकीमा खसेको हो ।

बेपत्ता चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित