३ कार्तिक २०८३, मंगलबार

नेपाली सेनाका पृतनापतिमा कोरोना संक्रमण

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । नेपाली सेनका पृतनापतिसहित २ जना सेनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनीहरुमा शनिबार दिउँसो कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मलेनमार्फत महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जनाएका थिए । उनीहरु मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेका हुन् । संक्रमित ५२ वर्षीय पुरुष नेपाली सेनाको पृतनापति भएको जनाइएको छ ।

बर्दिवासको किशान नगरस्थित पृतनाका प्रमुख रहेका उनलाई लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।