शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

चोरीमा संलग्न ६ जना पक्राउ

दैनिक नेपाल २०७७ जेठ ३ गते २०:५४

सांकेतिक तस्वीर

काठमाडौँ, ३ जेठ । नेपाल प्रहरीले चोरी कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले चन्द्रागिरि नगरपालिका–१५ तिनथानास्थित राजेश मानन्धरको घरबाट रु १७ लाख ६१ हजार मूल्य बराबरको धनमाल चोरी गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला तामाङ र कविता मगर रहेका छन् ।

पक्राउ परेकामध्ये अञ्जना मगर, अभिषेक महर्जन र कविता मगरलाई चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट, विमला तामाङलाई इलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ महर्जन र आकाश मगरलाई कीर्तिपुर नगरपालिका–३ चिहानघाटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित