
काठमाडौँ, ३ जेठ । बिहीबार मृत्यु भएकी सुत्केरी महिलाको गाउँ र माइती गाउँ सिल गरिएको छ ।
उनको गाउँ बाह्रबिसे नगरपालिका ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोक जिल्ला प्रशासनले जनाएको छ । अब ति वडाहरुमा कोही पनि आवत जावत गर्न पाउने छैनन् ।
धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया महिलाको पीसीआर रिपोर्टमा पनि कोरोना पोजेटिभ देखिएको छ । थप परीक्षण तथा अनुसन्धान गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनको आफन्तको भने स्वाब संकलन गरिएको छ ।















प्रतिक्रिया