३ कार्तिक २०८३, मंगलबार

सरकारको नीति तथा कार्यक्रममाथि छलफल भोलिबाट दुई दिनसम्म चल्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफल जेठ ४ र ५ गते हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा सिंहदरबारमा शनिबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले छलफलका लागि सम्पूर्ण सुरक्षा सतर्कता अपनाउने, छलफल छोटो बनाउने, सदस्यहरुलाई आफू बसेकै सिटमा बस्न अनुरोध गर्ने, छलफलमा उठेका प्रश्नको जवाफ जेठ ६ गते प्रधानमन्त्रीले दिने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।