
झापा, ३ जेठ । कनकाई नगरपालिका ३ बस्ने ३९ वर्षीय बुद्धराज काफ्लेलाई थ्रिनटथ्री राईफलको गोली ११ राउण्ड, एसएलआर राईफलको गोली १ राउण्ड र खुकुरी १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले सोधपुछ तथा अनुसन्धानको क्रममा उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया