धादिङ, ३ जेठ । धादिङकी एक महिलामा कोरोना भाइरस संक्रमण देखिएपछि गल्छी गाउँपालिका वडा नम्बर ८ कटुवाल पौवागाउँ सिल गरिएको छ ।
बिहीबारको परीक्षण रिर्पोटमा कोरोना भाइरस संक्रमित महिला धादिङका भेटिएपछि जेठ ६ गते राति १२ बजेसम्मका लागि उनी बस्ने गाउँ सील गर्ने निर्णय भएको हो ।
शुक्रबार बिहान जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा र त्यस क्षेत्रका जनप्रतिनिधि सहितको संयुक्त बैठकले गल्छी गाउँपालिका वडा नं. ८ स्थित् कटुवाल पौवागाउँ सिल गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।
गल्छी गाउँपालिका ८ को पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वी राजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडक सिल गर्ने निर्णय भएको छ ।














प्रतिक्रिया