३ कार्तिक २०८३, मंगलबार

स्वास्थ्यकर्मीमा कोरोना भेटिएपछि अस्पताल बन्द

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । कपिलवस्तु अस्पतालकी महिला स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस पुष्टि भएपछि अस्पताल नै बन्द गरिएको छ । अति आवश्यक सेवाबाहेक अस्पताल बन्द गरिएको हो ।

सबै स्वास्थ्यकर्मीको स्वाब संकलन गरि परीक्षणमा दिइएकोले रिपोर्ट नआउञ्जेलसम्मका लागि अस्पताल बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

शुक्रबार सबै स्वास्थ्यकर्मीको परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ । त्यसको रिपोर्ट नआइञ्जेल सम्मका लागि अस्पतालमा ईमरजेन्सी र प्रसुति सेवाबाहेक सबै सेवा बन्द रहने अस्पतालले जनाएको छ ।