
काठमाडौ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनभाइरस संक्रमण परास्त गर्न सबैको चुनौती भएको बताएकी छन् । आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कोरोनाका कारण अपूर्ण क्षति भएको बताएकी हुन् ।
उनले यसको संक्रमणले सबै क्षेत्र प्रभावित भएको पनि बताएकी छन् । त्यस्तै, उनले नेपालको स्वाभीमान सबैभन्दा महत्वपूर्ण भएको भन्दै सरकार नेपालको मान, स्वाभीमानका लागि दृढ रहेको बताएकी छन् । त्यस्तै, सरकार जनताप्रति प्रतिवद्ध रहेको पनि बताएकी छन् ।
त्यसैगरी, उनले कोभिड १९ को सामना गर्ने क्रममा अनवरत रुपमा अगाडी रहेर योगदान गर्ने सबै स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीलगायतको योगदान महत्वपूर्ण रहेको बताउँदै उनीहरुको उच्च प्रशंसा गरेकी छन् ।















प्रतिक्रिया