बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

लकडाउन बढाउने सरकारको संकेत

दैनिक नेपाल २०७७ जेठ २ गते १६:११

काठमाडौँ, २ जेठ । नेपालमा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमै रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले जनाएका छन् । शुक्रबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विज्ञहरुसँग सुझाव लिएको थियो ।

विज्ञहरुले हालसम्म कोरोना संक्रमणको स्थिति नियन्त्रणमै रहेकोले नआत्तिन पनि भनेका छन् । त्यस्तै, यसको रोकथाम तथा नियन्त्रणको एकमात्र प्रभावकारी उपाय भनेको लकडाउन भएको भन्दै यसलाई थप सदृढ र प्रभावकारी बनाउन विज्ञहरुले समितिलाई सुझाव दिएका छन् ।

उनीहरुले सरकारको अहिलेसम्मको योजना प्रभावकारी भएको बताउँदै थप जोखिमको लागि तयारी गर्नुपर्ने पनि बताएका स्रोतले जनाएको छ ।

त्यस्तै, उनीहरुले परीक्षणको दायरा बढाउन, क्वारेन्टाइनको व्यवस्थापन तथा दायरा बढाउन सुझाव दिएका छन् । त्यस्तै, लक्षण नेखिएका संक्रमितलाई क्वारेन्टाइनमै राख्न पनि सुझाव दिएका छन् ।

विज्ञहरुको सुझावमा थप छलफल गरि समितिको भोलि बस्ने बैठकले थप निर्णय गर्नेछ । सरकारले जोखिम तथा विज्ञहरुको सुझावलाई ध्यानमा राख्दै लकडाउन बढाउने संकेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित