
काठमाडौँ, २ जेठ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी थालेको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गरेर अघि बढ्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण विडारीले विज्ञहरुसँगको छलफलपछि जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको जनाएका छन् ।
बैठकले जारी लकडाउनको समीक्षा गरेको थियो । जसमा समितिले उच्च जोखिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेको क्षेत्रको पहिचान गरि मोडालिटी परिवर्तनको तयारी थालिएको विडारीले बताए ।
विभिन्न शिलशिलामा जापान जानबाट रोकिएका ६ सय र हङकङ आइडी प्राप्त नेपाली जो लकडाउनले गर्दा नेपालमै छन् उनीहरुलाई चार्टड फ्लाइटद्धारा पठाउने निर्णय पनि गरेको छ ।
शुक्रबार समितिले स्वास्थ्यका विज्ञहरुसँग पनि छलफल गरेको थियो । छलफलमा विज्ञहरुले कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको उचित व्यवस्थापन गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।















प्रतिक्रिया