३ कार्तिक २०८३, मंगलबार

मध्यरातमा १ सय बढी नेपालीलाई भारतीय सुरक्षाकर्मीले दशगजामा ल्याए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २ जेठ । भारतीय सुरक्षाकर्मीले भारतको उत्तरप्रदेश राज्यका क्वारेन्टाइनमा रहेका १ सय २ जना नेपालीलाई मध्यरातमा दशगजामा छोडेको छ ।

बर्दियासँग सीमा जोडिएको उक्त राज्यको बहराइच जिल्लाको मिहीपुरुवालगायत ठाउँमा क्वारेन्टाइनमा बसेका १ सय २ जना नेपालीेलाई दशगजामा छाडिएको हो ।

तीन वटा बसमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई बिहीबार राति करिब १२ बजे दशगजा छोडेको हो । सीमापारि जंगल नजिक नेपालीहरु अलपत्र परेका छन् भन्ने थाहा पाएपछि नेपाली सुरक्षाकर्मीले उद्धार गरेका हुन् । १ सय २ जनामध्ये ९८ जना बर्दियाका हुन् । कञ्चनपुरका २, बैतडी र प्युठानका १ १ जना रहेका छन् ।

त्यस क्षेत्रबाट करिब ८ सयको संख्यामा राति दशगजा छोडिने जनाइएको छ । भारतमा रेलसेवा सञ्चालन भएपछि नेपाल फर्कने नेपालीको संख्यामा वृद्धि भएको हो । बर्दियामा नेपाल फर्कनेलाई लक्षित गरि ४ हजार बेडको क्वारेन्टाइन तयार बनाइएको छ ।