३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीलाई सचिवालय सदस्यले दिए यस्ता तीन सुझाव

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सचिवालय सदस्यले तीन वटा सुझावहरु प्रस्तुत गरेका छन् ।

बालुवाटारमा बसेको बैठकमा उनीहरुले विशेषगरी कारोनाभाइरसको महामारीविरुद्धको लडाइँलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

त्यसैगरी, भारतले मिचेको सीमा रक्षा गर्न तथा नेपालको सार्वभौमिकताको रक्षा गर्न र नेपालको नक्सा जारी गर्न दृढतापूर्वक उभिन पनि प्रधानमन्त्री ओलीलाई थप ऊर्जा दिएका छन् ।

त्यस्तै, कोरोनाले तहसनहस पारेको अर्थतन्त्रलाई खासगरी कृषिलाई दह्रो बनाउने नीति ल्याउन तथा कदम चाल्न पनि प्रधानमन्त्रीलाई सचिवालय सदस्यहरुले सुझाव दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले सदस्यहरुबाट सुझाव लिनका लागि सचिवालय बैठक बोलाएका थिए । केही सदस्यहरुले भने सरकारको नीति तथा कार्यक्रमबारे अन्तिम अवस्थामा छलफल गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।