३ कार्तिक २०८३, मंगलबार

नेपालगञ्ज नाकाबाट भित्रिए करिब ७ सय नेपाली, बाहिरिए करिब १५ भारतीय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २ जेठ । लकडाउनका कारण सीमामा रोकिएका नेपाली तथा भारतीयहरु नेपाल ल्याउने र भारत पठाउने थालिएको छ ।

नेपालगञ्ज नाकाबाट ६ सय ८७ जनालाई नेपाल ल्याइएको छ । यस्तै नेपालमा रोकिएका १ हजार ४ सय ८३ जना भारतीयलाई भारततर्फ पठाइएको छ ।

सीमामा रोकिएका दुवै देशका २ हजार नागरिकलाई ल्याउने र लैजाने काम भएको छ । दुवै देशका सुरक्षा अधिकारीबीचको सहमतिमा बिहीबार साँझ ७ बजेदेखि राति १२ बजेसम्म यो क्रम चलेको थियो ।

नेपाल प्रवेश गरेकाहरु झापादेखि कञ्चनपुरसम्म ४३ जिल्लाका बासिन्दा रहेका छन् । बाँकेका २ सय १४ र बर्दियाका ६ जनालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । अन्यलाई स्थानीय खुला अस्थायी क्वारेन्टाइनमा राखिएको छ ।

नेपाल ल्याइएकालाई क्वारेन्टाइनमा राखेर पीसीआर तथा आरडीटी परीक्षण गरिने छ ।

बाँकेकालाई पीसीआर परीक्षण गरिनेछ भने अन्य जिल्लाकालाई आरडीटी परीक्षण गरेर सम्बन्धित जिल्लामा पठाइनेछ ।

लकडाउन खुकुलो भएपछि भारतबाट नेपालीहरु आउने क्रम बढेको छ । यसले नेपालमा कोरोना संक्रमणको अवस्थालाई थप जोखिम निम्त्याउने सरोकारवालाहरु बताउँछन् । नेपालमा शुक्रबार विहान पनि थप ९ जनामा कोरोना पुष्टि भएको थियो । तिमध्ये केही भारतबाट आएका पनि रहेका छन् ।