
काठमाडौँ, १ जेठ । काभ्रेपलाञ्चोकको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच क्रसर चलाएको विषयमा विवाद हुँदा झडप भएको छ । कोरोना महामारीका बेला क्रसर नियमित चलाएकाले स्थानीयले टिपर रोकेपछि विवाद सुरु भएको थियो । विवादकै कारण झडप भएको हो ।
भुम्लु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष दलबहादुर तामाङले झडपबाट ३ जना घाइते भएको देखेको जनाए । अरु पनि घाइते भएको हुन सक्ने उनले बताए ।
१ जेठदेखि वितरण गरिएको पास समेत सरकारले खारेज गरेर लकडाउन कडा गरिएको बेला पनि टिपरले लगातार गिटीबालुवा ओसारी रहेको भन्दै स्थानीयले विरोध गरेका थिए ।
क्रसर व्यवसायीहरुले साँझको समयमा भए पनि आफ्नो काम नियमित गर्ने भएपछि त्यहाँ झडप भएको हुनसक्ने अध्यक्ष तामाङको भनाइ छ ।
झडप भएको स्थानमा अहिले दोलालघाटबाट प्रहरीको टोली पुगेको र मिलाउने प्रयास भइरहेको उनले बताए















प्रतिक्रिया