
काठमाडौँ, १ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनमा सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी दिएको छ ।
सम्बोधनमा राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७ ७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ । वैशाख २८ गतेदेखि प्री बजेट छलफल भएको हो । प्रतिनिधिसभामा ३ दिन राष्ट्रियसभामा २ दिन प्री बजेट छलफल भएको हो ।















प्रतिक्रिया