१२ कार्तिक २०८३, बिहिबार

नारायणी अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोनाको संक्रमण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १ जेठ । पर्सामा रहेको नारायणी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।

बुधबार बेलुका संक्रमण पुष्टि भएकी ३६ वर्षे महिला सो अस्पतालमा कार्यरत नर्स रहेको खुलेको हो । बुधबार संक्रमण पुष्टि भएका मध्ये एकजना स्टाफ नर्स रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताएका छन् ।

संक्रमित नर्स वैशाखकोे दोस्रो हप्तादेखि वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमितको उपचारमा खटिदै आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । उनी पर्साकै बासिन्दा हुन् ।

बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएका अन्य दुई जना भने पुरुषहरु रहेका छन् । नारायणी अस्पतालमा कोरोना भाइरसबाट संक्रमित भएर उपचार गराई रहेकाहरुको संख्या ७१ पुगेको छ ।