३ कार्तिक २०८३, मंगलबार

सीमाका ५ सय बढी नेपालीलाई ल्याइयो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३१ वैशाख । भारतीय सीमामा रहेका नेपालीलाई नेपाल ल्याउन थालिएको छ ।

रुपन्देहीको सीमापारि सुनौली र नौतनहवाका क्वारेन्टाइनमा बसेका नेपालीलाई नेपाल ल्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहहरुसँगको समन्वयमा भारतीय क्वारेन्टाइनमा एक महिना बढी समय बिताएका नेपालीलाई नेपाल ल्याउन थालेको हो ।

उनीहरु नेपाल आएपछि पनि चौध दिन क्वारेन्टाइनमा बसेपछि मात्र आफ्नो गृह जिल्ला जाने छन् । यद्यपी रुपन्देहीका केही स्थानीय तहले आफ्नो पालिकामा क्वारेन्टाइनको अभाव रहेको जनाएको छ ।

रुपन्देहीका सीमामा १६ सय नेपालीमध्ये १२ सयले क्वारेन्टाइनको अवधि पुरा गरेकोले ल्याउनु पर्ने जनाएको छ । नेपालमा आएर पनि उनीहरुलाई पुनः क्वारेन्टाइनमा राखी कोरोना परीक्षणपछि मात्र घर पठाइने छ ।

मुम्बईबाट आई नौतनहवास्थित मोर्डन एकेडेमी स्कुलको क्वारेन्टाइनमा रहेका ८२ जनामध्ये एकजना २५ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको महाराजगंज जिल्लाका चिकित्सक उज्जवल कुमारले बताएका छन् । त्यहाँ रहेका अधिकांश व्यक्तिहरु गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रुपन्देही लगायत जिल्लाका छन् ।

वुधबार सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले ५ सय १० जना नेपालीलाई ल्याएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका प्रमुख उपप्रमुखहरु उनीहरुलाई लिन बस लिएर बेलहिया पुगेका थिए ।