३ कार्तिक २०८३, मंगलबार

अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । नारायणी अस्पतालको आइसोलेसन वार्डबाट दुई जना कोरोना संक्रमित भागेका छन् ।

मंगलबार कोभिड १९ पोजेटिभ देखिएका ति दुई अस्पतालमा भर्ना भएका वुधबार दिउँसो फरार भएका हुन् । शौचालय गएका उनीहरु फरार भएका अस्पतालले जनाएको छ ।

फरार रहेका संक्रमितहरुको खोजी गरिरहेको पर्सा प्रहरीले जनाकारी दिएको छ ।

मंगलबार पर्सामा एकैदिन ५७ जनामा कोरोना पुष्टि देखिएको थियो ।