
काठमाडौँ, ३१ वैशाख । गुल्मी जिल्लाले जेठ १ देखि ५ गतेसम्म जिल्लाका सबै नाका बन्द गर्ने भएको छ । आजै बसेको जिल्ला सुरक्षा समिति र कोभिड १९ संकट व्यवस्थापनको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
बैठकले निर्णय लागू गरेको दिनदेखि अन्तिमसम्म एम्बुलेन्स, शव बाहन, मृत्यु संस्कार, विद्युत, सञ्चार, खानेपानी, औषधी र इन्धनका सवारी बाहेक अन्य सबै सवारी साधनहरु पूर्णरुपमा बन्द गर्ने निर्ण गरेको छ ।















प्रतिक्रिया