शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

यूएईले त्यहाँका नेपाली फर्काउन माग्यो नेपालसँग अनुमति

दैनिक नेपाल २०७७ वैशाख २९ गते १७:४१

काठमाडौँ, २९ वैशाख । अप्ठ्यारोमा परेका दुवईमा रहेका नेपालीलाई फिर्ता पठाउना यूएईले नेपालसँग अनुमति मागेको छ ।

यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे जानकारी दिए ।

उनले भने, ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ । तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था छैन ।’

श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था छ। विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५३० नेपाली स्वदेश फर्किन चाहेका छन् ।

भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन् ज्ञवालीले भने । ‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी अघि बढेको छ,’ उनले भने ।

त्यस्तै, भारतमा मंगलबारदेखि रेल चलेपछि नेपालमा जोखिम बढ्ने र त्यसको तयारीमा सरकार रहनुपर्ने उनले बताए ।

त्यस्तै, विदेशमा रहेका र भारतमा रहेका सबै नेपाली फर्किए नेपाल सरकारले व्यवस्थापन गर्न सक्ने अवस्थामा नरहेको पनि मन्त्री ज्ञवालीले जनाए ।

सीमामा अलपत्र नेपालीको व्यवस्थाका लागि गृह मन्त्रालयले तयारी गरिरहेको र छिट्टै टुंगो लाग्ने पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित