सोमबार, १२ असोज २०७७
DainikNepal.com
सोमबार, १२ असोज २०७७

भारतमा अछामको एकै परिवारका ३ जनालाई कोरोना

दैनिक नेपाल २०७७ वैशाख २८ गते ६:३५

नयाँदिल्ली । अछाम घर भइ हाल भारतमा रहेका एकै परिवारका ३ जनामा कोरोना संक्रमण देखिएको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वर घर भइ रोजगारको सिलसिलामा भारतको पुनामा रहेका ३ जनामा कोरोनाको संक्रमण भेटिएको हो ।

श्रीमान् ,श्रीमती र ८ महिने छोरालाई संक्रमण देखिएको आफन्तले बताएका छन् । स्वास्थमा समस्या देखिएपछि परीक्षण गराउँदा तीनै जनामा संक्रमण देखिएपछि पुनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि भारतको मुम्बइमा बस्दै आएका चौरपाटी गाउँपालिका ५ लुग्राका एकै परिवारका ८ जनालाई कोरोना संक्रमणको पुष्टी भएको थियो । संक्रमित सबैजना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित