३० आश्विन २०८३, शुक्रबार

मलेसियामा २० जना नेपालीमा कोरोनाकाे सङ्क्रमण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्वालालम्पुर । मलेसियामा २० जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ ।

मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीका अनुसार शुक्रबारसम्ममा मलेसियामा २० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो ।

उनकाअनुसार सङ्क्रमितमध्ये तीन जना निको भएका छन् । अरुको स्वास्थ्य अवस्था सामान्य रहेको र मलेसियन सरकारले नै सङ्क्रमितको उपचार गरिरहेको पनि कार्कीले बताए ।

बिहीबार साँझ मलेसियन सञ्चारमाध्यम द स्टारले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको एक मलमा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको जनाएको थियो ।

दूतावासले अनलाइनमार्फत सङ्कलन गरेको तथ्याँकअनुसार शुक्रबारसम्म २६ सय जनाले घर फर्कन पाउँ भन्दै आवेदन दिएका छन् । द्वितीय सचिव कार्कीका अनुसार दूतावासले अनलाइनमार्फत आफ्नो विवरण भर्न भनेकोमा शुक्रबारसम्ममा २६ सय जनाले फारम भरेका हुन ।

कोरोनाका कारण कुनै समस्या भएमा अनलाइनमार्फत विवरण भरी आफ्नोबारेमा जानकारी दिन उनले अनुरोध गरेका छन् ।