२९ आश्विन २०८३, बिहिबार

बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवस घोषणा गरौं

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मिना श्रेष्ठ

योग र ध्यान परापूर्व कालदेखि गरिन्दै आएको थियो । पहिले–पहिले योग ध्यानबाट मात्र दिनचर्या सुरु हुने गरेको थियो । त्यहीँ समय अहिले पुन सुरु भएको छ । छिमेकी मुलुक भारतमा स्वामी रामदेवको योग विधि प्रत्येक घर घरमा गर्ने गरेको छन् । त्यहीँ कुरालाई मध्यनजर गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरे । अहिले भारत मात्र होइन विश्वका धेरै देशले योग गर्ने गरेका छन् । यसको श्रेय भारतलाई जान्छ ।

त्यस्तै हामी बुद्ध जन्मिएको देश बुद्धको देशले भोलि बुद्ध पूर्णिमाको दिन विश्व ध्यान दिवस घोषणा गर्न पर्छ । अहिले संसारका १९३ वटा राष्ट्रले बुद्ध धर्म मान्ने गरेका छन् । ती मध्ये थाइल्यान्ड ९५ प्रतिशत, कम्बोडिया ९६ प्रतिशत, म्यान्मार ८८ प्रतिशत, भुटान ७५ प्रतिशत, श्रीलंका ७० प्रतिशत, तिब्बत ६५ प्रतिशत, लाओस ६० प्रतिशत,  भियतनाम ५५ प्रतिशत, जापान ५० प्रतिशत, मकाउ ४५ प्रतिशत सिंगापुर ३४ प्रतिशत, दक्षिण कोरिया २२.९० प्रतिशत ताइवान २१ प्रतिशत, मलेसिया १९. ८० प्रतिशतले बुद्ध धर्म मानिरहेका छन् ।

आज भन्दा २९ बर्ष अगाडि स्थापना भएको ओशो तपोवन प्रत्येक दिन योग, भजन किर्तन, ध्यान, अनवरत रूपमा हुँदै आइरहेको धार्मिक केन्द्र हो । यसैगरी यस क्षेत्रमा कृष्ण, गणेशको मन्दिर, शिबपुरी बाबाको मन्दिर, ओशो समाधी पनि यसै धार्मिक क्षेत्रमा रहेको छ । प्रत्येक दिन सयौं व्यक्तिहरू भाव भक्तिका साथ देश विदेशका मानिसहरू आयर ध्यान गरीरहेको छन् । यस तपोवन क्षेत्रमा नेपाल सरकारकै सहयोगमा सडक सुधार तथा भुक्षय हुने ठाउँमा तार जाली सुरक्षा पर्खालहरू लगाइदिएको छ । धार्मिक बनलाई अझै घना बनाउन रुद्राक्ष, तेजपत्ता, धुपी, निलकाडा, असारे आदि रोपिएको छ । यसरी यस ओशो तपोवन धार्मिक बनमा सुकेका, कुहिएको काठहरू बोटबिरुवालाई हानी पुर्याउने झाडीहरू हटाइ अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रूपमा आकर्षक स्थानको रूपमा बिकास गर्दै लगियको छ ।

सन्सार भरिका आध्यात्मिक खोजीहरूको एक मात्र साधनाको केन्द्र तपोवन जोगाइ सात ैओटा प्रदेशमा सुविधा सम्पन्न ओशो आश्रम निर्माणमा सरकारले सहयोग गरिदिनु पर्छ । साच्चै देशको अग्रगामी विकास चाहाने हो भने राज्यको विभिन्न सम्मानबाट सम्मानित तपोवनका आचार्य बोधिसत्व गुरु स्वामी आनन्द अरुणलाई संसार भर शान्तिको काममा धार्मिक अध्यात्मिक काममा देशबिदेश यात्रामा कठिनाइ नदिनको लागि रातो पासपोर्ट दियर राज्यले सम्मान पनि दिनुपर्छ ।

तपोवन धार्मिक पर्यटन स्थललाई नेपाल सरकारले जोगाउन पर्छ, तपोवनलाई उचित संरक्षण दिन पर्छ, तपोवन संसार भरिको अध्यात्मिक केन्द्र हो, तपोवन नेपालको गौरव हो ।

अहिले विश्वभर २२५ आश्रम भैसकेको छ । विश्व भरका ओशो सन्यासीहरूको ध्यान साधना गर्ने तपोभुमि भएको छ । ६० देशका हजारौं ओशो सन्यासीहरू ध्यान शिविरमा ध्यानमा सहभागी हुन आउँछन् । ओशोको हेडक्वार्टरको रूपमा चिनिन थालेको छ । नेपालको धार्मिक अध्यात्मिक पर्यटन स्थलको रूपमा संसार भर चर्चित छ । तपोवनमा सबै व्यक्ति र सबै परम्पराको सम्मान हुन्छ । उत्सव यहाँको जात हो र आनन्द तपोवनको गोत्र हो ।

यहाँ धर्म, कर्म ,मान्यता भन्दा माथि उठेर प्रत्येक व्यक्ति को निजता लाई स्वीकार गरीन्छ । यहाँ ध्यान बिधिको त्यति नै प्रयोग हुन्छ जति आधुनिक मनोचिकित्साको । जति भक्तिको त्यति नै ध्यानको । बिगत ४८ बर्ष देखि अनवरत रूपमा ओशोको काम बिस्तारमा लागिरहनु भएका बोधिसत्व गुरु स्वामी आनन्द अरुण बर्षको आधा भन्दा बढी देश बाहिर  १०५ देशमा ओशो सन्यास र ध्यान सिकाउन जानुहुन्छ ।

नेपाल एक लाख भन्दा बढी र संसार भर विभिन्न देशमा एक लाख २० हजार भन्दा बढी व्यक्तिलाई सन्यास दिसक्नु भएका गुरु स्वामी आनन्द अरुण यस ओशो कम्युन तपोवनको आचार्यको दर्शन गर्ने दर्शनार्थीको पनि घुइँचो लाग्ने गर्दछ ।

यहाँ माछा मासु खान्नन्,यहाँ आउने पर्यटक कम्तीमा एक महिना बस्छन् । धार्मिक पर्यटन स्थलको रूपमा चर्चित भएको छ । बुद्धको जन्मस्थल नेपाल हो भन्दै विश्वव्यापी रूपमा सयौं देशहरूमा गएर प्रचारप्रसार गर्ने अग्रणी व्यक्तित्वको नाम हो स्वामी आनन्द अरुण ।

‘एक सन्यासी पाँच रुख’को स्लोगन पनि अहिले कार्यान्वयनको पक्षमा अगाडि बढ्दैछ । हरेक ओशो सन्यासीलाई आफ्नो जन्मदिनको अवसरमा पाँच बिरुवा रोप्ने अभियान चलाउनु भएको छ । देशको सातै प्रदेशमा तनाव ब्यवस्थापन कसरी गर्ने ? भन्ने प्रशिक्षण दिएर, सबैलाई तनाव मुक्त जीवन बाच्न सिकाउने गुरु नेपालले प्राप्त गरेको छ । नेपालको ठूलो धनराशी भारतमा तीर्थयात्राको नाममा खर्च हुने गरेको सन्दर्भमा स्वामीजिले नेपालकै धार्मिक स्थल र बुद्ध पुरुषहरूको महिमागान गर्दै सर्वसाधारणमा चेतना अबिवृद्धीको लागि अहोरात्र खटिइरनुभएको छ ।

बुद्ध पूर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघमा लानुपर्ने बिषयमा नेपाल सरकार संग बारम्बार कुराकानी गरिरहनु भएको छ, यस सम्बन्धमा वर्तमान प्रधानमन्त्री सकारात्मक देखिनु भएको छ ।

प्रत्येक दिन छ वटा ध्यान हुने यस ओशो तपोवन मा जसले धेरैको जिवनमा रुपान्तरण गरेको छ । अरुको जिवनमा रुपान्तरण ल्याउन आफ्नो जिवनका सबै सुबिधा त्याग गर्नु भएको छ, उही गुरुले बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवस भनेर घोषणा गरौ भन्ने अभियान सुरु गर्नु भएको बर्षांै भएको छ ।

यहीँ नेपालको केन्द्रीय राजधानीमा रहेको तपोभुमी तपोवनका बोधिसत्व गुरु स्वामी आनन्द अरुणले थाल्नु भएको बुद्ध पूर्णिमा लाई अन्तर्राष्ट्रिय ध्यान दिवस  बनाउन सके, बुद्ध धर्म मान्ने सबै राष्ट्रले सहर्ष स्वीकार्ने छन् । विश्वले ध्यान दिवस मनाउने छ । यति गरेपछी हाम्रो देशमा जन्मेका बुद्ध भगवान हाम्रो देशमा जन्मिएका हुन् भनेर लाखौंको हस्ताक्षर संकलन गर्न पर्दैन, हजारौंको भिड टुँडिखेलमा जम्मा गरेर ‘बुद्ध हाम्रो गाउँमा जन्मेका हुन्’ भन्दै चिच्याउनु पर्दैन । हामीले बुद्ध पूर्णिमा लाई विश्व ध्यान दिवस घोषणा गरे पुग्छ ।