काठमाडाैं, २३ वैशाख । नेपाल राष्ट्र बैंकले वैशाख १६ गतेबाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूले ऋणीहरूको चैत्र मसान्तसम्म कायम ब्याज दरमा २ प्रतिशतले कम गर्न निर्देशन जारी गरेको छ ।
यसबाट ऋणीहरूको चैत्र मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत विन्दुले कम गरी आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरू आधारदरभन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
साथै, असार मसान्त पश्चात विद्यमान व्यवस्थाअनुसार आधार दरका आधारमा कायम हुने ब्याजदर निर्धारण सकिने समेत उक्त निर्देशनमा उल्लेख छ ।















प्रतिक्रिया