
काठमाडौँ, २२ वैशाख । सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले सांसद डा. सुरेन्द्र यादवलाई अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
उनीहरुले सोमबार आयोगको कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको बताएका छन् ।
डा. यादवले वैशाख १८ गते आयोगमा आफ्नो अपहरण गरेको भन्दै सांसद बस्नेत, श्रेष्ठ र खनालविरुद्ध उजुरी दिएका थिए ।
यादवले उजुरी दिएको ४ दिनपछि पूर्वआईजीपीसहित उनीहरुले आज उजुरी दिएका हुन् ।
महोत्तरी घरमै रहेका यादवलाई वैशाख १० गते काठमाडौँ ल्याइएको थियो ।















प्रतिक्रिया