४ कार्तिक २०८३, बुधबार

‘रामायण’ टेलिश्रृंखलाले बनायाे विश्व कीर्तिमान

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली। सन् १९८७ मा भारतीय टेलिभिजन च्यानल दुरदर्शनमा प्रशारण भएको ‘रामायण ‘ टेलिश्रृंखलाले विश्व कीर्तिमान कायम गरेको छ ।

तीन दशकपछि पुनः प्रशारण गरिएको ‘रामायण’ले सबैभन्दा बढी पटक हेरिने श्रृंखलामा रेकर्ड बनाएको हो। रामायणले ‘गेम अफ थ्रोन्स’, ‘बिग ब्याङ थ्योरी’ लगायतका रेकर्ड पनि तोडेको छ।

भारतमा लकडाउनपछि पुनः प्रसारित ‘रामायण’ लाई दुरदर्शन नेशनलले गत अप्रिल १६ मा सबभन्दा धेरै हेरिएको कार्यक्रमका रूपमा घोषणा गरेको थियो। टाइम्स अफ इण्डियाका अनुसार सो दिनसम्म उक्त कार्यक्रम ७ करोड ७० लाखले हेरेका थिए।

निर्देशक रामानन्द सागरले बनाएको रामायणले कीर्तिमान रचेको यो पहिलो पटक भने होइन। यसअघि सन् २००३ मा पनि विश्वमै सबभन्दा बढी हेरिएको पौराणिक कथामा यसले कीर्तिमान बनाएको थियो।