३ कार्तिक २०८३, मंगलबार

सीमामा खटिएका प्रहरीलाई कुट्ने ५ भारतीय पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २१ वैशाख । सीमा सुरक्षामा खटिएका नेपाल प्रहरीमाथि कुटपिट गर्ने ५ जना भारतीय पक्राउ परेका छन् ।

लकडाउनमा नेपाल पसेर सवारी चलाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रण गर्न खोज्दा उनीहरुले कपिलवस्तुमा कार्यरत दुई प्रहरीलाई सीमा कटाएर कुटपिट गरेका थिए ।

कपिलस्तुको सेमरी गाउँमा ति भारतीयको खेती रहेको र बाली उठाएर सवारीमा लान खोज्दा प्रहरीले रोकेको थियो ।

७ दिन अगाडी भएको घटनमा संलग्नलाई आइतबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोरा मुसलमान, हरिषचन्द्र चौबे, पप्पु मुसलमान, सब्बीर मुसलमान, शाहबुद्दिन मुसलमान रहेका छन् । उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरी कपिलवस्तु प्रहरीलाई बुझाएको छ ।