३ कार्तिक २०८३, मंगलबार

वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । वीरगन्जमा थप एकजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका एक पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । वैशाख १४ मा पनि वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय र वीरगन्ज ३ छपकैयाका ४९ वर्षीय गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसअघि चैत ३० मा वीरगन्ज २ छपकैयाको मस्जिदमा बसेका तीन भारतीय मुस्लिम जमातीमा पनि कोरोना संक्रमण भेटिएको थियो ।

पछिल्लो समय भेटिएका संक्रमित वडाको राहत वितरण गर्ने समितिको सदस्य भएको पनि बताइएको छ । यससँगै अरुमा पनि संक्रमणको जोखिम रहेको बताइएको छ ।