
काठमाडौँ, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गते शुक्रबार ४ बजे अधिवेशन आह्वान गरेकी हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष वैशाख २६ गते ४ बजे बजेट अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।
जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवंधानिक व्यवस्था छ । संविधानको धारा ११९ मा संघीय सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते बजेट संघीय संसदमा पेश गर्नुपर्ने प्रावधान छ ।
सामाजिक दुरी कायम गरी संसद बैठक आह्वान गरिएको हो ।















प्रतिक्रिया