३ कार्तिक २०८३, मंगलबार

अहिले भारतबाट नेपाली ल्याउँदा कोरोना जोखिम बढ्न सक्छ : प्रधानमन्त्री ओली

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतबाट नेपालीहरु ल्याउने वातावरण नरहेको बताए । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुले सीममा अलपत्र परेका नेपालीहरुको बारेमा के गर्ने भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले अहिले लोकप्रिय कुरा गरेर हजार १२ सय नेपाली भित्र्याउँदा स्वास्थ्यको हिसाबले जोखिमपूर्ण रहेको बताए ।

त्यस्तो निर्णय गर्दा कोरोना संक्रमणको जोखिम झन् बढ्न सक्नेबारे उनले औँल्याएका थिए ।

हाल उनीहरु रहेको ठाउँमा गम्भीर समस्या नभएको भन्दै प्रधानमन्त्री ओलीले अहिल्यै नेपाल ल्याउन नहुने बताए ।