न्युयाेर्क, २१ वैशाख । अमेरिकाको ओहायोको एक्रनमा दाजुको हत्या गरेको अभियोगमा २३ वर्षीय भाइ विकास राई पक्राउ परेका छन् ।
विकासले बिहीबार साँझ २७ वर्षीय दाजु विक्रमको घाँटी रेटेर हत्या गरेको स्थानीय प्रहरीले बताएकाे छ ।
मदिरा पिउने क्रममा उनीहरूका बीच वादविवाद भएकाे थियाे । विवाद के विषयमा भएकाे थियाे केही भनिएकाे छैन ।
घटनास्थलमा प्रहरी पुग्दा विक्रमलाई अचेत अवस्थामा थिए । विक्रमलाई उपचारका हस्पिटल लगिए पनि मृत घोषणा गरिएको थियो ।
विकासलाई शुक्रबार समिट काउन्टी जेलमा राखिएको छ ।















प्रतिक्रिया