२९ आश्विन २०८३, बिहिबार

ओली हटाउने खेल, आत्मघाती बाटो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-सविन प्रियासन

विश्वभर नै कोरोनाका कारण लाखौ मानिसहरुको ज्यान जाँदा प्रभावकारी योजनासहित अगाडी बढेको वर्तमान नेकपाको सरकारले नेपालमा अहिलेसम्म एकजनाको पनि मृत्यु हुन दिएको छैन ।

जनतालाई जेजसरी हुन्छ, जुनसुकै हालतमा पनि बचाउने महाअभियानसहित अगाडी बढेको केपी शर्मा ओली नेतृत्वको सरकार कोरोनाको सन्दर्भमा पनि प्रभावकारी सरकारकारुपमा स्थापित भएको छ ।

पार्टीलाई बलियो, प्रभावकारी अनि शक्तिशालि बनाउने कुसल नेताकारुपमा स्थापित प्रम ओलीले सरकारलाई समेत संकटको समयमा कसरी प्रभावकारी ढंगबाट सञ्चालन गर्न सकिन्छ भन्ने कुरा अहिले पुनः स्थापित बनाएका छन् । यसका लागि पनि प्रम ओली अनि सरकारमा बसेका सबै मन्त्रीहरु बधाईका पात्र छन् ।

ओलीले तत्कालिन नेकपा एमालेको नेतृत्व सम्हालेपछि मुलुककै ठूलो दलकारुपमा तत्कालिन एमाले स्थापित भयो । त्यसपछि तत्कालिन माओवादीसँगको पार्टी एकताले त झनै ओलिको कद यति माथि उठेको छ कि जसको लेखाजोखा गरेर साध्य छैन ।

ओलीले ९ महिना सत्ताको नेतृत्व गर्दा भारतीय नाकाबन्दीको डटेर सामना गरे । भारतलाई यस विषयमा उनले झुक्न बाध्य बनाए । त्यसपछि पछिल्लो समयमा भएको स्थानीय, संघ र प्रदेशको निर्वाचनबाट आफ्नो पार्टीलाई मुलुककै सर्वाधिक ठूलो पार्टी बनाए ।

ओलीकै नेतृत्वमा निर्वाचन भएका कारण जनताले उनले नेतृत्व गरेको र उनले समर्थन गरेको पार्टीलाई विजयी बनाए । पछिल्ला दिनहरुमा मुलुकको विकास निर्माण हेर्न लायक तरिकाले अगाडी बढि रहेको छ ।

सडक, पुल, नाला, बत्ती, सिचाइँ, खानेपानी, विद्यालय, स्वास्थ्य संस्थाहरु मात्र नभएर सबै क्षेत्रले यसरी फड्को मारेका छन्कि नेपाल यही रफ्तारमा विकासको गतिमा अगाडी बढेमा अबको केही वर्षमा नै नेपालको मुहारमा धेरै परिवर्तन आउनेछ ।

तसर्थ पार्टी अध्यक्ष ओलीले जे प्रस्ताव राखेपनि नेकपाले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गर्दै सरकारका काम कारवाहीहरुलाई सच्चाउने, पार्टीपंक्तिमा प्रसस्त मात्रामा छलफल गरेर मात्र वहुआयामिक महत्वका निर्णयण्हरु सरकारले गर्नेलगायतका निर्णयहरु गर्दा राम्रो हुनेछ ।

यतिबेला कोरोनाका कारण विकास निर्माणका कामहरु रुकेका छन् । एकमहिनाको लामो लकडाउनपछि सरकारले विकास संँग सम्बन्धित कार्यहरु अगाडी बढाउने निर्णय गरेको छ । जिल्ला जिल्लामा विकासका कामहरु सूचारु भएका छन् ।

सरकारले एकातिर नाकालाई पूर्णरुपले बन्द गर्ने, मुलुकमा लकडाउन कायम गरेर जनतालाई बचाउने अभियानलाई सशक्त ढंगबाट अगाडी बढाइरहेको छ भने अर्को तर्फ विकास निर्माणका कामहरुलाई पनि गति दिएको छ । यसले पनि सरकारको काम कारबाही प्रभावकारी छ भन्ने कुरालाई स्थापित बनाएको छ ।

केपी शर्मा ओली प्रष्ट व्यक्ति हुन् । उनले जनता, राष्ट्रहितका लागि सधैभरी अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेका छन् । यतिबेला सरकार र पार्टीको समेत नेतृत्व गरेका हिसाबले ओलीको कौसलता समाज, देश र जनताको हितमा यसरी पोखिएको छ कि यसबाट धेरै लोभी पापीहरुको निन्द्रा हराम भएको छ ।

सायद कसैले सोँचेको थियो होला, कोरोनाका कारण नेपालमा लासैलासको खेती हुनेछ, प्रम ओली बदनाम हुनेछन् । उनी बदनाम भएपछि उनको खोइरो खन्दै उनलाई सत्ता र पार्टीबाट गलहत्याईनेछ ।

तर नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले अमेरिका जस्तो शक्तिशालि मुलुकलाई पराजय कोरोनालाई यसरी व्यवस्थापन गरिरहेका छन्कि जसबाट छटपटिएकाहरु यतिबेला फरक प्रसँग उठाएर ओलीलाई सत्ता र पार्टी छाड्न षड्यन्त्रका तानाबाना बुनिरहेका छन् ।

जुनसुकै कुराको पनि समय हुन्छ । ओलीले सधैभरी पार्टी र सरकारको नेतृत्व गर्नु हुँदैन । पार्टीलाई आफ्नो कार्यकालमा बलियो बनाउने, राज्यलाई गतिलो स्थानसम्म पुरयाउने अनि अरु नेताहरुलाई आफ्नो जिम्मेवारी सुम्पिएर पार्टीको वरिष्ठ नेताका रुपमा अभिभावकको भूमिका ओलीले खेल्नुपर्छ ।

यस्तो दिन पनि आउने नै छ । तर जन्ती जाने बेलामा रमाइलो माहोल निर्माण गर्ने ठाउँमा रुवाबासी गर्दै मलामी गए जस्तो गर्ने नेकपाका केही नेताहरुलाई देखेर दया लागि रहेको छ ।

ओलीले पार्टीको नेतृत्व अब केही समयपछि हुने राष्ट्रिय महाधिवेशपछि गर्ने छैनन् । नेताहरुले चाहेमा महाधिवेशन छिटै हुनेछ । पार्टीको नृत्वमा पनि त्यसपछि उनी जानेछैनन् । सरकारको कुरा गर्दा अब आधा अवधि बाँकी छ । त्यसपछि उनी चाहेर पनि यसमा बस्नेछैनन् ।

केपी ओली स्वास्थ्यका हिसाबले पनि अब धेरै दौडधुप गर्ने पक्षमा छैनन् । उनको आत्मबल यति बलियो रहेछकि नेकपाकै अर्को कुनै नेता उनको अवस्थामा भैदिएको भए, आज ओछ्यानमै हुने थियो ।

तसर्थ ओलीले देश र जनताको पक्षमा गरेका राम्रा कामहरुसँग तर्सिएर उनको बिरुषमा षड्यन्त्रका तानाबानाहरु बुन्दै घेराबन्दी पार्ने खेलले ओलीलाई होइन जसले यतिबेला तुच्छ यस प्रकारको खेल खेलिरहेको छ, त्यसलाई अहिले केही लाभ भए जस्तो होला, तर अन्तत्वगत्वा महाधिवेशपनि ठूलो घाटा लाग्नेछ । अहिलेको खेलले नेकपाको बलियो साखलाई पनि यसरी गिराउनेछकि त्यसको प्रत्यक्ष असर निर्वाचनमा नेकपालाई पर्नेछ ।

केपी ओली स्वास्थ्यका हिसाबले पनि अब धेरै दौडधुप गर्ने पक्षमा छैनन् । उनको आत्मबल यति बलियो रहेछकि नेकपाकै अर्को कुनै नेता उनको अवस्थामा भैदिएको भए, आज ओछ्यानमै हुने थियो ।

तर ओली कोरोनाकाललाई पूर्णरुपले भगाउनका लागि रातदिन नभनि खटिरहेका छन् । पार्टीमा देखा परेको असन्तुष्टिलाई साम्य बनाउन उनले यति ठूलो उदारता सचिवालय वैठकमा पेश गरेकी उनको प्रस्तावले बास्तवमै ओली नै यो देशका राजनेता रहेछन् भन्ने पुष्टि भएको छ ।

ओलीले आफ्नो पद भन्दा माथि जनतालाई राखेर सचिवालय वैठकमा कुरा राखेका छन् । कोरोनाकालपछि प्रधानमन्त्रीका रुपमा वामदेव गौतमलाई प्रस्तुत गरेका ओलीले माधव नेपाललाई समेत पार्टीको अर्को अध्यक्षकारुपमा लिएका छन् । यो ओलीको सबै भन्दा अव्बल खुबी हो ।

उनको पछिल्लो प्रस्ताबलाई खुराफातको खेती गरिरहेकाहरुले मजाक बनाइरहेका होलान्, तर यो उनको उदारता हो । जनतालाई पूर्णरुपले अहिलेको डरलाग्दो दिनबाट मुक्ति दिएपछि सत्ताको बागडोर अर्कोलाई सुम्पिन्छु भन्ने कुरा सायदै अर्को कुनै नेता भएको भए भन्दैनथ्यो होला ।

ओलीले निकासका लागि नयाँ प्रस्ताव राखेका छन् । यो उनको महान्ता हो । तर पार्टी एकता अनि भोलिका दिनमा पार्टीको प्रभावकारीतालाई उनको पछिल्लो प्रस्तावले बलियो भने बनाउन सक्दैन । सरकार परिवर्तनको यो खेलले नेकपा यसरी कम्जोर बन्नेछकि जसको नतिजा आउँदो निर्वाचनबाट देखिने छ ।

तसर्थ पार्टी अध्यक्ष ओलीले जे प्रस्ताव राखेपनि नेकपाले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गर्दै सरकारका काम कारवाहीहरुलाई सच्चाउने, पार्टीपंक्तिमा प्रसस्त मात्रामा छलफल गरेर मात्र वहुआयामिक महत्वका निर्णयण्हरु सरकारले गर्नेलगायतका निर्णयहरु गर्दा राम्रो हुनेछ ।

अन्यथा शक्तिसन्तुलनको पछिल्लो खेलले तत्काल ओलीले आफ्नै चाहनाले सत्ता छाड्लान्, तर महाधिवेशनमा त्यसको असर नेकपाका वरिष्ठ नेताहरुलाई नै पर्नेछ ।

ओली पार्टी अध्यक्षकारुपमा अब अगाडी सर्ने वाला छैनन्, न उनी फेरि प्रधानमन्त्री नै हुनेछन् । तर पनि यो भने घाम झै छर्लङग छ, अहिले पनि, भोलि पनि आम कार्यकर्ताहरुको सवालमा ओली बलिया छन्, बलिया नै रहनेछन् ।

उनको समर्थन जसलाई हुनेछ, त्यही नेता पार्टी अध्यक्ष हुनेछ । आउँदो सरकारको प्रधामन्त्री हुनेछ, तसर्थ तत्काल बहकिएर ओलीलाई प्रमबाट हटाउने षड्यन्त्रबाट आउँदा दिनहरुमा पार्टी अध्यक्ष अनि प्रधानमन्त्री हुन खोजिरहेकाहरु सहजरुपमा पछि हट्दा राम्रो होला ।

अन्यथा आउँदा दिनमा ओलीको शक्तिले पार्टी अध्यक्ष र प्रम बन्न खोजिरहेकाहरु नेकपाकै राजनीतिमा धेरै टाढा पुग्नेछन् । नेतृत्वमा जानका लागि वा बस्दा सबैलाई मिलाउनुपर्ने बाध्यताले नेतृत्वमा बस्नेलाई समस्या हुन्छ ।

यतिबेला ओलीलाई केही अफ्ठेरो परेजस्तो देखिएको छ । जब शक्तिशालि मान्छे नेतृत्वमा बस्ने चाहनाबाट बाहिरिन्छ, अनि बाहिर बसेर शक्ति प्रदर्शन गर्न सुरु गर्छ, त्यतिबेला उसले तलको माथि, माथिको तल बनाउन सक्छ ।

ओली नेकपाका बलियो शक्ति हुन्, बुद्धि भएकाहरुले अबको केही समय उनीसँग सहकार्य गर्न सकेमा अबको केही समयपछि पार्टी अनि सरकारको नेतृत्व गर्न सक्ने हैसियतमा पुग्नेछ ।

अन्यथा चिप्लिदै, चिप्लदै किनारामा पुग्ने निश्चित् छ । प्रमबाट ओलीलाई हटाउने खेल आत्मघाती बाटो हो । यसले जनताले नेकपालाई गरेका अपार मायाको धज्जी मात्र उडाउने छैन, नेकपालाई पतनको बाटोमा अगाडी बढाउनेछ ।