२८ आश्विन २०८३, बुधबार

नितम्ब देखाएर १७ कराेड कमाइ

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन् । बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन् ।

प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन् । आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करीब १७ करोड रुपियाँ कमाउने गरेको उनको दाबी  छ ।

उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन् । हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन् ।

सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको उनी बताउँछिन् । ‘मैले प्लास्टिक सर्जरी गरेर नितम्ब ठूला र आकर्षक बनाएकी हुँ,’ उनी भन्छिन्, ‘यो कुरा मैले कसैसँग लुकाएकी छैन । मेरो इमानदारीले मलाई लाखौँ प्रशंसक दिलाएको छ। यौनाकर्षण र हँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री पस्कने गरेकी छु ।’

लाखौँ प्रशंसकले उनका नितम्ब मन पराए पनि केहीले भने उनलाई देखिसहँदैनन् । कतिपयले उनलाई घृणा र निन्दाले भरपूर सन्देश पठाउने गरेका छन् ।

‘तीमध्ये एउटा सन्देश सबैभन्दा डरलाग्दो थियो,’ एन्ड्रिया भन्छिन्, ‘एक जनाले मलाई ‘तिमी नर्कमा जाकिनेछौ’ भनेर कमेन्ट गरेका थिए ।’

ती आलोचकले उनलाई भनेका थिए, ‘एन्ड्रिया, तिमी नर्कमा पर्नेछौ। तिम्रा नितम्बसहित सारा शरीर जल्नेछ। त्यतिबेला तिम्रो शरीरबाट प्लास्टिकको गन्ध आउनेछ ।’