२९ आश्विन २०८३, बिहिबार

ओलीको विरोध : केवल ‘अङ्गुर खान नपाउँदाको अमिलो मानसिकता’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-निर्मल घिमिरे
हाल सारा विश्व कोरोना भाइरसको माहामारी रोकथाम तथा नियंत्रणको महाअभियानमा छ । नेपाल सरकार पनि आफु सँग भएको क्षमता, उपलब्ध साधन श्रोत र अवस्था अनुसार यस काममा लागिपरेका छौँ ।

संसारका लागी यो नितान्त नयाँ समस्या हो । यस्को रोकथाम र नियंत्रणको अनुभवको पनी कमी भएता पनि नेपाल सरकारले अहिले सम्म लिएका सही निर्णयहरू र त्यस्मा आम जनताको अभुतपूर्व सहयोग र समर्थनका कारण परिस्थीति हाम्रो नियंत्रण भन्दा बाहिर गएको छैन ।

हामीभन्दा धेरै हिसाबले राम्रो अवस्थामा रहेका नजिकका छिमेक लगायत संसारका थुप्रै मुलुकहरूको अवस्था भन्दा हामी अहिले सम्म राम्रो अवस्थामा छौँ ।

तर फेरि पनि हामी ढुक्क हुने अवस्थामा छैनौँ । हाम्रा अगाडि जोखिम कायमै छ । यसकारण पनी हामी धेरै सावधानीका साथ चल्नु परेको छ । अहिले पनी हाम्रो प्राथमीकता भनेको रोकथाम नै हो ।

जति कडाईका साथ हामी रोकथाम गर्न सक्छौँ त्यति नै यो महामारीलाई नियन्त्रण गर्न सफल हुनेछौँ । काम गर्ने क्रममा कमि कमजोरी भएका हुनसक्छन् । रहेछन् भने पनि तीनलाई सच्याउँदै अघी बढ्नुको हामीसंग विकल्प छैन ।

नयाँ संविधान बनेपछि मुलुक अर्कै राज्य सम्यन्त्रमा गयो, अब मुलुकले बिकाशको काममा स्थिरताले गर्दा पक्कै काँचुली फेर्नेछ ।

र त्यसको नेतृत्व ओली बाहेक अरु सबैको परिक्षण भइसकेको हुनाले केवल उनैलाई भरोसा गरी आफ्नो अमुल्य मताधिकार प्रयोग गरेर जिविकोपार्जन अनि अध्ययनको लागी परदेशिएको म यस विषम परिस्थितीमा पनि सरकारलाई सहयोग गर्नुको सट्टा उल्टै उछिटो खनेर साना(तिना कमी(कमजोरी हरुमा ‘तिल लाई पहाड’ बनाएर निरुत्साहित गर्ने काम भइरहेको देख्दा हामी परदेशिएका र देशलाई माया गर्ने हरुलाई सार्है चित्त दुखेको छ ।

‘काम गर्छु’ भनेर खटिरहेको अवस्थामा ओलीलाई सबैतिरबाट घेराबन्दी गरेर आफ्नै भित्रका केहि खुरापातीहरु हात धोएर खनिएको देख्दा सहनै नसकेर आज म यो आलेखमार्फत उपस्थिति हुन लागेको हुँ ।

एकातिर मुलुक यस्तो जोखिम अवस्था भईरहेको वर्तमान परिप्रेक्षमा उता हाम्रो राजनैतिक परिवेशमा अहिले चलिरहेको स्यालको हुइया अनि सँगसँगै दगुरिरहेका फ्याउरा हरुको निम्छरो मनस्थितीका लोभी पापी समुहका केहि मुट्ठी भरका कुपात्र हरुले बेतुकका अनर्गल मिडियाबाजी गरेर हल्ला फिजाइ रहेका छन् कि, “उहाँको स्वास्थ्य प्रतिकुल छ, प्रधानमन्त्री ओली अल्पमतमा परी सके, अब उनले तत्काल राजीनामा दिनुपर्छ” भनेर र्याल काढेर बसिरहेका छन् ।

तिनिहरुको ‘ढक्कन लागेको खुरापाती दिमाग’ ले बुझ्नै पर्ने कुरा के हो भने प्रधानमन्त्री केपी ओली तत्कालिन एमाले पार्टी नेपालको पहिलो पार्टी र त्यो पार्टीको संसदीय दलमा निर्विरोध निर्वा्चित दलको नेताको रुपमा प्रधानमन्त्री निर्वा्चित हुनु भएको नेता हो ।

ओलीको अग्लो छविका अगाडी सवैले आफुलाई लिलिपुट ठान्नुको विकल्प तत्कालिन एमालेमा कसैको पनि थिएन । संसदीय दल, स्थायी र केन्द्रीय कमिटी कतै पनि बहुमत र अल्पमतको खेलमा उहाँलाई पराजित गर्न सकिन्छ भन्ने दुस्साहस केवल उनिहरुको दिवास्वप्न बाहेक अरु केही होइन ।

शत्रु खोज्न अन्त जान पर्दैन भने जस्तै घर आगो लगाएर खरानि विक्रि गर्न तत्पर छन् । यो निस्चित जगजाहेर नै छ कि , अहिले ओलि सरकारको घोर बिरोधकर्ता हरु भनेका हिजो बालकोटमा एकाबिहानै देखी दैलो ढुकेर “लौ न कमरेड मलाई पनि दया गरी उद्दार गरिदिनुहोस “ भनेर बिलौना गर्ने हरु नै हुन् ।

तर जव ओलीले “बोकेको कुकुर ले सिकार खेल्न नसक्ने” हुँदा हाम्रा लाई नभइ केवल राम्रा लाई स्थान दिए, त्यसपछी उनिहरुले अङ्गुर खान नपाउदाको अमिलो भन्ने स्वभावले त्यसको साध साध्नलाई खिसी टिउरी गर्दै आफुलाई अत्यन्तै सच्चा राजनितिज्ञको ढोङ देखाउन प्रयोग गर्न थाले सामाजिक सन्जाल ।

हेक्का रहोस् जतिबेला हाम्रा अरु कोही पनि ठूला भनाउँदा नेताहरु नाकाबन्दि लाइ नाकाबन्दी भन्न समेत सक्दैन थिए, कतिपय विदेशीका तलुवा चाट्नै भ्याइ नभ्याइ थिए । मालिकका पनि मालिकलाइ घुँडा टेक्न बाध्य पारेर देशको स्वाभिमानलाइ नयाँ उचाइमा उठाउने राजनेता हुन् केपी ओली ।

अनि उनिहरुले खेदो खनेको देख्दा तीनका नेताहरुले उनीहरुका बेतुकका प्रतिकृयालाई सम्रक्षण गरेका नेताहरुले फोन गरी “स्याबास यस्तै गरी हो ओलिको उछिटो खनी उसको आफू भन्दा सुवासित छबी धमिल्याउने बेला ।” भनेर उकासी रहे । मैले चिनेका धेरै त्यस्ता औकात बिनाका बेरोजगार युटुबे, ट्वीटे अनि फेसबूकेहरु, जो साझको एक गुलास बिजुलीपानी र एक प्लेट सुकुटी सँग आफ्नो बद्दिकताको सौदाबाजी गर्दै गरेको हामी सबैले नबुझेको कहाँ हो र ।

अहिले प्रत्यक दिन हाम्रो सामाजिक सन्जाल रङ्ज्ञाएर सरकारको बिरोध गर्ने मनुवाहरु भनेका हामी जस्ता सर्बसाधाराण जनता होइनन्, त्यी कि त पूर्व वाइ.सि.एल. पृस्ठभुमि, अखिल क्रान्तिकारी पृस्ठभुमी अनि केहि लोभी पापी समुहका झोले झम्टेको दैनिकी बनेको छ ।

उनीहरुलाई “ ल है भाइ बहिनी हो, फलाम तातेको बेला नै हो साइजमा ल्याउन, त्यही भएर दिलोज्यान दिएर लाग “भन्ने निहित प्राप्त निर्देशन भएको जस्तो प्रस्ट देखिन्छ । जुन कुरा हामी जस्ता सर्बसाधारण जनताहरु, गाउ(ठाउका जनता र सच्चा कार्यकर्ताहरु सचेत भइसकेका छौ ।

जारी अध्यादेशको कारण आफ्नै भनाउदा हरुले जसरि अफ्ठ्यारो पार्ने काम गरिरहेका छन्, जुन अत्यन्तै अबुझताको कारण हो ।

“आफ्नो पार्टीमा समस्या भयो, हामी तपाइको पार्टीमा आउन चाहन्छाँै, वातावरण बनाइदिनुस् न” भनेर बरोबर आलाप बिलाप गरिरहँदा सरकारले त्यी एक दर्जन साम्सद हरुलाई आफ्नो पार्टीमा ल्याउन खोज्नु के त्यसमा ओलीको मात्र स्वार्थको लागी थियो त ? सँगठन बलियो बनाउन गरेको प्रायशलाई अनेक अनेक आरोप लगाएर गरेको दुसप्रचार केवल बौद्दिक दरिद्रताको पराकास्ट बाहेक अरु केही होइन ।

जसमा सहजीकरण गर्न भूमिका खेल्ने महेश बस्नेतलाई म व्यक्तिगत रुपमा राम्रोसँग चिन्दछु । ओठमा जुङ्गाको रेखी नबस्दै गाविस अध्यक्ष जस्तो पदमा मुलुककै सबैभन्दा कम उमेरमा जनप्रतीनिधि विजयी भएर अब्बल रुपमा काम गरेर देखाए ।

वाइ.सि.एल. को त्रास र चन्दा आतङ्कले सारा जनताहरु भयभित भइरहेको बेलामा युवा सङ्घको नेतृत्व गरी त्यसबाट जनता हरुलाई राहत दिन खेलेको भूमिकालाई सबैले मनन गरेका नै छन ।

बस्नेत माथी निराधार लागेको अपहरणको आरोप फगत उनको राजनितिक भबिस्य सिद्ध्याउने र पुर्वाग्राही साध्ने हत्कण्ठा बाहेक अरु केहि होइन ।

काठमाण्डौ पुग्ना साथ स्वास्थ्य मन्त्री बन्न लाई ‘सेतो दौरा सुरुवाल’ बोकी हिडेका सुरेन्द्र यादब काठ्माण्डौ पुग्ना साथ रेणु यादब अनि उनले अलग हुने भनेर जम्मा भएका साम्सदहरु बिच पदमा कुरा झट्टै मिल्न सकेन अनि उता दुइ दल रातारात एक भए ।

जुन एक हुनाको कारण पनि नेकपा भित्र कै केहि जासुस हरुले पहिला नै सुचना चुहाएर ओलीलाई असफल पार्न हो हल्ला फिजाएको कारण यादबले बोली फेरेको सहजै बुझ्न सकिन्छ ।

यादबले अहिले आफ्नो राजनीतिक अस्तित्व बचाउन गरेको मिडियाबाजी अनि नौटङ्की भनेको ‘आफ्नो प्रेमी सँग बिहे गर्न भाग्दै गरेकी केटीलाई परिवारका सदस्यहरुले पक्रेर ल्याए पछी त्यो केटीले कि त भाग्नै पर्यो, कि त मलाई उसले फकाएर मोहनी लगाएको ले पो म त्यो सँग गएकी” भन्ने जस्ता मनसायले कुतर्क यादबले गरिरहेका छन् ।

जुन सबैले सजिलै बुझी सकेका छन । बढी हो(हल्ला गर्दा रातारात धेरै परिवर्तन हुन सक्छ भनेर नेकपाका केहि साथीहरुले पक्कै सुटुक्क सहजीकरण गरेको हो । तर त्यसलाई केपी ओली कै निर्देशनमा भएको हो भनेर उनको बारेमा जसरी दुस्प्रचार गरिदै छ, त्यो किमार्थ सत्य होइन ।

आउन चाहनेलाई ल्याउने सबै दलले प्रयत्न गर्छन्, हो बस्नेत र श्रेस्ठले पनि त्यही रातो कार्पेट बिच्छ्याएका थिए, तर आफू भित्रकै केहीलाई मसला बन्यो त्यो बिसय अनि सबै तिरबाट पेलेर अध्यादेश फिर्ता गर्न बाध्य नै पारी दिए । आउने एक दर्जन साम्सद केवल नेकपा कै सम्पती हुने थिए होलान नि, जुन बुझ्न सकेनन र महत्वपुर्ण अवसर गुमाए हाम्रा आफ्नै अन्तरद्वन्द्दका कारण ।

उता अध्यारो कोठामा हाम्रा सचिवालय अनि स्थायी कमिटीका केही नेताजी हरु गुटबन्दी बनाएर ओलीलाई असफल सिद्द गर्न कहिले भैसेपाटी त कहिले जावलाखेल, कहिले राप्रपा सँग गोप्य सहमती, त कहिले नबगठित मधेसी दल सँग, त कहिले काङ्ग्रेस सँग मिलेर ओलीलाई पदबाट निकाली छोड्ने दिवस्वप्नमा रमाइरहेका छन भने हाम्रै अर्का बरीस्ठ नेताले त दौरा सुरुवाल समेत सिलाउन दर्जीलाई छेकाइ सकेका होलान् ।

तर त्यी सब दिवस्वप्न हामी जस्ता सर्वसाधारण जनता हरुले त पक्कै यो बुझी सकेका छौ भने हाम्रा ठुला नेताजीहरुले पनि आत्म समिक्षा पक्कै गरेका छन कि छैनन होला कि, बामदेब कमरेडलाई बर्दियाका जनताले असफल सिद्द गराइदिइसके, झलनाथ कमरेडको यस अघिको अपरिपक्क छोटो कार्यकाल जनताले देखीसके, माधब कमरेडको १९ महिने काम चलाउ कार्यकाल पनि देखिइ सकियो, प्रचण्ड कमरेड र शेर बहादुरले एकले अर्कालाई बुइ बोकेर सत्ता साझेदार गरी चलाएको सरकार पनि हामीले हेरेकै हो ।

अनि ओलीको यस अघी को छोटो र लोकप्रिय कार्यकालको महत्वपुर्ण उपलब्धीको बारेमा सारा जनता हरुको मनमा बस्न लायक काम कुरा हरुको बारेमा सबै जनता जानकार नै छन ।

प्रचण्ड कमरेड्, बाबुराम काङ्ग्रेस, सबै जनताबाट परिक्षण भइ नै सकेका पात्रहरु हुन् । अब ओली भन्दा म चाही बिछट्टै फरक परिणाम दिन्छु सारा जनमानसलाई भ्रम छर्न लागिरहेका छन जुन लोकाचारी अब जनताले पत्याउने वाला छैनन् ।

तसर्थ यी र यस्ता अध्यारा कोठा भित्रका फोहोरी राजनीतिक नाटक मन्चन र निर्देशन गर्न छोडी एकता बद्द भएर जनअनुमोदन अनुरुप सरकारलाई काम गर्न दिनु पर्ने आजको आवाश्यकता हो ।

एकता र वलियो संगठनको सपना देखेर मात्र हुँदैन । काम गरेर जनताका विचमा जानपर्छ भनेर । हेक्का रहोस् जतिबेला हाम्रा अरु कोही पनि ठूला भनाउँदा नेताहरु नाकाबन्दि लाइ नाकाबन्दी भन्न समेत सक्दैन थिए, कतिपय विदेशीका तलुवा चाट्नै भ्याइ नभ्याइ थिए ।

मालिकका पनि मालिकलाइ घुँडा टेक्न बाध्य पारेर देशको स्वाभिमानलाइ नयाँ उचाइमा उठाउने राजनेता हुन् केपी ओली ।

पन्चायतको कालरात्रीवाट आजको उज्यालोमा यस देशलाइ ल्याइपुराउन केपि ओलीले गरेको संघर्ष, त्याग र समर्पण, फिजारिदो ओलीको पखेटालाई अहिले खुइलाउन प्रयोग भएका खुराक विपक्षिले संग्रह गरेर राखेका छन् ।

त्यो प्रमाणित गर्नलाई जनताका विचमा जाने दिन पनि त आउला नि । अहिले विभाजन भक्तिगान राम्रै लाग्ला, जुन दिन जनाधार कमजोर बन्छ ।

रुवावासी र घुर्किले खानेदिन बन्द हुनेछ । मौकामा जनताका काम गरेर जनताका माझ उभिनुको विकल्प छैन । यस बिसम परिसथितीमा आज जनताले न अहंकार चाहेका छन् न खुरापात ।

यती बेला सङ्ख्याको जोड घटाउको बेला होइन । अहिले अस्ती हस्ताक्षर बुझाउने स्थायी कमिटीका केही नेताहरुलाई अनेक लोभ लालचा दिएर आफ्नो गुमेको साखको रिसिवी साध्न प्रयोग गरेको छर्लङ्गै छ ।

यती बेला यदी कसैले जोड घटाउको सिगौरी खेल्न कोही आए नै भने पनि संसदीय दलमा, स्थायी कमिटी, पोलिटब्युरो अनि सेन्ट्रल कमिटी जुन सुकै सम्रचनामा पनि ओली बलियो छन ।

स्मरण रहोस्, हिँडिरहेको र जोतिरहेको गोरुको पुच्छर निमोठ्ने काम कसैबाट हुनु राम्रो होइन । काम गर्न लागेको नेतृत्वलाई काम गर्ने वातावरण दिनुपर्छ । लोकतन्त्रमा जनताले दिने म्यान्डेटको सर्वोच्च स्थान हुन्छ ।

अनि मोह र लोभ छैन पनि भन्ने र ‘मिठोको लोभमा जुठो नछोड्ने’ पवृति पनि समय सुहाउदो छैन । ओलीलाई पाँच वर्ष प्रधानमन्त्री हुनका लागि निर्वाचनमा पार्टीले प्राप्त गरेको जनमत नै पर्याप्त थियो जुन पुर्ण कार्यकाल रहिरहन्छ ।

हेक्का अध्यारो कोठा भित्र तिक्डम गर्न खोज्ने खुरापाती मनुवा हरुलाई बेलै मा चेताना भया अन्यथा कार्यकर्ता हरुले आगामी निर्वाचानमा राम्रै मुल्याङ्कन गर्नेछन् ।

जनताको झण्डै दुइ तिहाइ बहुमतले दिएको म्याण्डेड अनुसार ओलीलाई काम गर्न दिएर मुलुकको निकासा दिन पट्टी लागिएन भने त्यस फोहोरी खेलका खेलाडी, रेफ्री, लाईन्स्मेन, आयोजक, प्रायोजक, सबैले आफ्नो राजनैतिक भबिस्य उल्टो दिनगन्ती गणना गर्न सुरु गरे हुन्छ । सबैलाई चेतना भया ।