
-विनोद ढकाल
चर्चा अनेक छन् । यी चर्चा, आलोचना, कटाक्ष र आरोपभित्रका सत्य कति नजिक होलान्, कति दूर-दूर सम्म छन् । नियुक्ति, अख्तियार, बालुवाटार यी ट्रेन्डिङ चलिरहन्छन् । यी ट्रेन्डिङ भित्रका केही पात्रहरूका सन्दर्भमा नैतिक प्रश्नहरू अति साधारण हुन्छन् । जसले उनलाई न चिमोट्छ, न घोच्छ । बरु, त्यसले उनलाई एकथरीसँग नजिक बनाउन सक्छ । यसका कयन उदाहरण दिन सकिन्छ ।
बयानबाजी छन् । त्यसका खण्डन पनि छन् । यसले राजनीतिमा कुनै असर गरेको छैन । डा. सुरेन्द्र यादव समाजवादी सांसदले केही बोलिदिए राजनीतिक मुनाफाका लागि । त्यसको प्रचार अपहरण भयो भन्नेसम्म भयो । कानुनी, प्रहरीले व्याख्या गर्ने भाषासम्मका कुरा सामाजिक सञ्जालमा पढ्न पाइयो । अनूकुलतामा हुने यी व्याख्या जब ट्रायल ट्रेन्ड हुन थाल्छन्, यसले सामाजिक प्रतिष्ठामा लडाउने या उठाउने काम गर्छ ।
आलोचना र अभियोगका अर्थहरू फरक हुन्छन् । आलोचना पचाउन सकिन्छ, त्यसले सिक्ने र सुध्रिने मौका दिन्छ । प्रतिष्ठालाई कायम राख्नका लागि नयाँ मार्गको खोजीनीतिमा सहयोग गर्छ । तर अभियोगले सामाजिक प्रतिष्ठाको अवसान गर्छ । भलै, न्याय पाउने प्रक्रियागत बाटो होला, न्याय पनि पाउला । तर सामाजिक रुपमा अवसान भएको त्यो बिम्ब फेरि फर्किनेवाला छैन ।
शीर्षकले विषयबस्तुको सन्दर्भमा हेक्का राख्न कठिनाई छैन । हो, ३० घन्टाबीचमा भएका विविध राजनीतिक परिघटनामा जानेर वा नजानेर पिसिएका नेपाल प्रहरीका निवर्तमान प्रमुख (पेन्सरनर आईजी) सर्वेन्द्र खनालकै परिप्रेक्षमा घुम्नेछु केही सय शव्दमा ।
खनालले सार्वजनिक गरेका उनका नीजि धारणाले स्पष्ट के पार्छ भने उनी अपराधविरुद्ध, सभ्य समाजका निम्ति सँधै तयार छन्, हिजो जस्तै । उनको यो अठोटमा कुनै खोट नहुन सक्छ । फौजी संगठनको नेतृत्व हाँकेको मानिस र त्यहाँमाथि अब्बल अधिकृतका रुपमा गरेका कतिपय अपराधविरुद्धका कामको ह्याङगोभर रहनु अस्वभाविक होइन । यो स्वभाविक प्रणप्रति लालयित हुने ठाउँ छन् ।
यो हिजोको कुरा हो, सेवा कालका अन्तिम दिनसम्म पनि अपराधविरुद्ध खरो उत्रिएका खनालले समाजमा जुन छाप छाडेका थिए, त्यो नेपाल प्रहरीका लागि निक्कै प्रभावकारी काम रहेको थियो । कतिपय प्रहरीका अफिसियल अहिले पनि भताभुङ्ग भएको संगठनलाई लयमा ल्याएर नेतृत्व गर्न सक्ने क्षमता भएका व्यक्ति अब सायदै कमै मात्र हुन्छन् भन्ने ठान्छन् । यो, एउटा स्वभाविक वास्तविकता जस्तो पनि लाग्छ । खनाल हुनुअघिको प्रहरी संगठन र उनले छाडेको संगठनको अवस्थाको तुलनात्मक मुल्यांकनले त्यो देखाउँछ । भोलीको पुस्ताले यो भन्दा पनि गतिलो बनाउन सक्ला, त्यसको चर्चा भोली नै होला ।
संगठनभित्र उनले कतिलाई न्याय दिए वा अन्याय गरे भन्ने यो फरक विषय हो । तर, समाजले भित्री कथा होइन, सतहमा देखिएको तथ्यका आधारमा नै धारणा बनाउँछ । निमेष, निमेष घटना र परिघटनामा धारणा बनाउने समाजसँगको वैचारिक लडाईमा स्पर्धा गर्नु नै मुस्किल काम हुन्छ । बाह्य समाजले एक निमेषमा भगवान् र एक पलमा धुलो बनाउन सक्छ, प्रतिष्ठा ।
यो आलेको मुख्य विषयबस्तु भनेकै मूलधारका मिडियामा समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइयो, यसको मियोका रुपमा पूर्वआईजी सर्वेन्द्र खनालले काम गरे भन्ने समाचार नै हो । यसमा उनका अफिसीयल र अनअफिसियल स्टेटमेन्ट पनि हुन् । मैले पनि यस सन्दर्भमा उनीसँग कुरा के हो भन्ने बुझेकै थिएँ ।
यसको प्रति प्रतिक्रिया कुनै न कुनै प्रकरणमा आउँथ्यो तर छिटो भयो । यो सारा प्रकरणको आन्तर्य राजनीतिक नाफा नोक्सानको हिसाब किताबमा होला तर सेवा निवृत्त भएको दुई महिनाभित्र मिडियाका कुनै सुत्रमा विज्ञका रुपमा उदाउनुपर्ने व्यक्तित्व, एकाएक प्रायोजित अपहरणको मुख्यकर्ता जस्तो गरी प्रचारमा आउनुले समाजमा अमिलो छाप छाड्नेछ
क्रिया र प्रतिक्रिया स्वभाविक आउँछन् । पत्रकारिताको सन्तुलन भन्ने सैद्धान्तिक विन्दुमा खनालले प्रष्टीकरण दिने मौका पाए तर यो सन्तुलनले समाजको व्यवाहारिक भाषा बोल्दैन । यसले पत्रकारिताको सिद्धान्त मात्र बोल्छ, यसभन्दा बाहिरको अर्को समाजले अलग धारणाको ट्रेन्ड गरिरहेको हुन्छ, बनाइसकेको हुन्छ ।
खनालले सुरक्षा निकायमा ३० बर्षसम्म जागिर खाए । सरकारको आदेश पालकको रुपमा रहे पनि त्यसको सर्वोच्च निकायको जिम्मेवारीसम्म पुग्दा उनले जागिर मात्र कमाएनन्, नाम र एउटा नामेट परिचय कमाएका थिए । खास अर्थमा भन्दा खनाल जस्ता आईजी कमै हुन्छन् जसले प्रहरी मात्र होइन, मिडिया र मासमा पनि आफूलाई सेलिब्रिटीका रुपमा उभ्याउन सक्छन् । तर, राजनीतिक सम्बन्ध, त्यसको चक्रव्युहको घेराबन्दीले खनालले ३० बर्षमा जति कमाएका थिए, ३० घन्टामा प्रायः गुमाएको देखिन्छ, सामाजिक घेराको दृष्टिबाट । त्यसैले सरकारी संयन्त्रमा उनले कति स्पष्टीकरण दिए त्यसको कुनै लेखाजोखा नगरेको समाजले उनको सामाजिक स्पष्टीकरण पढ्नु परेको छ । उनले पनि दिनैपर्ने अनिवार्यता ठान्नुको अर्थ पनि त्यहि हो ।
जे चर्चा छ यसले महेश बस्नेत, किसान श्रेष्ठ वा सुरेन्द्र यादवहरूमाथि आम मानिसले खासै धारणा बनाउँदैनन् । पूर्वआईजी खनाल बहालवाला हुँदा आइडोलोजीको अपराधीकरणमा होइन, अपराध निरुत्साहनको आइडलका रुपमा सतहको चर्चा थियो । यसको प्रति प्रतिक्रिया कुनै न कुनै प्रकरणमा आउँथ्यो तर छिटो भयो । यो सारा प्रकरणको आन्तर्य राजनीतिक नाफा नोक्सानको हिसाब किताबमा होला तर सेवा निवृत्त भएको दुई महिनाभित्र मिडियाका कुनै सुत्रमा विज्ञका रुपमा उदाउनुपर्ने व्यक्तित्व, एकाएक प्रायोजित अपहरणको मुख्यकर्ता जस्तो गरी प्रचारमा आउनुले समाजमा अमिलो छाप छाड्नेछ । धारणा बनाउँदै प्रचार गर्ने समाजले यसभित्रको पीडाको हेक्का राख्दैन तर यो धारणाले घोच्ने परिवारको सीमाको हेक्काचाहिँ खनाल जत्तिको मानिसले राख्नुपर्ने थियो । जानी नजानी त्यसो हुन हुन्थेन, जान्नुपर्ने थियो यस्तो नहोस् भन्ने ।
प्रहरी संगठनमा रहँदा कुनै राजनीतिक दलको निकट हुने या नहुने भन्ने भेऊ दिन नसक्नुको त्यो वैचारिक र व्यवाहारिक कौशलता थियो तर आजका दिनमा खनाल आफू चुक्दा समाजले यो अलग धारणा स्वभाविक रुपमा नै बनाउँछ ।
यो उनलाई स्वभाविक रुपमा थाहा छ कि अपराध नगरे पनि अपराधमा जानेर या नजानेर गरिने संगतले पनि फँसाउँछ । अब यादव प्रकरणमा खनालको प्रत्यक्ष वा परोक्ष रुपमा कति संलग्नता छ, घटना कुन सिनारियोबाट अघि बढेको थियो । त्यो साधारण राजनीतिक प्रक्रिया थियो, कानुनी रुपमा केही नहोला, अदालत नपुग्ला । तर विश्वबजारमा अलग हिसाबले चलिरहेको फरक समाज, फरक चिज, फरक सामाजिक अदालतमा जवाफ सर्वस्वीकार्य होला ?
विश्व बजारमा भनिन्छ नि, पोलिटिक्स इज डर्टी गेम । हो, यसको एउटा चोइटो नै यो घटनाक्रम थियो । यो डर्टी गेममा समाजका कोही न कोही मुछिएका छन्, प्रतिष्ठा गुमाएका छन् । खनालका सन्दर्भमा यत्ति सुझाव दिन सकिन्छ– यसमा प्रवेश गराउनेले भन्लान् ‘वेलकम इन डर्टी गेम’ । तर, असीमित अपेक्षा र सुधारको चिन्तन राख्नेले कस्तो धारणा बनाउला ? एउटा आइडलले कुनै पनि अर्थमा भुलचुक गर्न हुन्न भन्ने पाठ बनोस् यो परिघटना, खनालले समाजमा आफ्नो हिजोको आइडल छविलाई व्यवाहारत देखाउन सकुन् ।















प्रतिक्रिया